‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बदलासहित सुखद् सुरुवातको पर्खाइमा नेपाल

काठमाडौं । फाइनल खेलमा बंगलोदशसँग १–० अन्तरले पराजित भएपछि नेपाली राष्ट्रिय यु–१८ फुटबल टोलीले महिला उमेर समूहको साफ च्याम्पियनसिप उपाधिबाट बञ्चित हुनु परेको थियो । 

सेमिफाइनलमा चिरपरिचित भारतलाई निर्धारित समय १–१ अन्तरमा रोक्दै र पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनल पुगेको नेपाल उपविजेतामै सीमित भयो । 

यसपछिको संस्करण हुन सकेन । कोरोना महामारीबीच प्रतियोगिता हुन नसकेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोही उमेर समूहलाई उपयुक्त हुने गरी यसपटक यु–१९ साफ प्रतियोगिता आयोजना गरेको छ । 

बंगलोदशको ढाकामा आज (शनिबार)बाट सुरू हुने प्रतियोगितामा नेपालले उही फाइनल प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्दैछ । 

प्रतियोगिताको उद्घाटन खेलमा भुटान र श्रीलंका भिड्दा नेपालले दोस्रो खेलमा आयोजकको सामना गर्नेछ । बीएसएसएस मुस्ताफा कमल मैदानमा हुने खेल नेपाली समयअनुसार शनिबार साँझ पौने ७ बजे सुरु हुनेछ । 

साविक विजेता बंगलोदशविरुद्ध खेल्दै गर्दा नेपाल बदलाको भावनामा हुनेछ । गत वर्ष फाइनलमा व्यहोरेको हारको बदलासहित नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ४३ बजे