‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्री निवासमै पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रस्ताव गर्नुभएको छ ।

शाक्यले बालुवाटारमा खाली रहेको पुस्तकालय कोठामा पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव गनुृभएको हो ।

धर्मपत्नी शाक्यले गरेको प्रस्तावबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास ! बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो– यहाँ पिपुल्स लाइब्रेरी बनाऔँ। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सयदेखि २ हजारवटा पुस्तक अट्ने रहेछ ।’

प्रधानमन्त्री पत्नी शाक्यले यहाँ सबैले पढेर मन पराएका पुस्तकहरू राख्न प्रस्ताव गर्नुभएको हो ।

लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिदैँछ ।

प्रधानमन्त्रीले पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्ने बताउनुभएको छ । त्यसका लागि शाक्यले हप्तामा ६ दिन एक एक घण्टाको समय छुट्याउने बताइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : ४६ बजे