सुनको मूल्यमा नयाँ कीर्तिमान

देउवाको कार्यकालमा काँग्रेसले चन्दाबाटै कमायो ११ करोड 

काठमाडौँ । नेपाली काँग्रेसले पछिल्लो ६ वर्षमा ११ करोडभन्दा बढी रकम चन्दा सङ्कलन गरेको छ । पार्टीलाई सहयोगका नाममा व्यापारीदेखि शुभेच्छुकसम्मले काँग्रेसलाई करोडौँ रकम सहयोग गरेका हुन् ।

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कोषाध्यक्ष सीतादेवी यादवले बन्द सत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा काँग्रेसले सभापति शेरबहादुर देउवाको पालामा ११ करोड २३ लाख ४८ हजार ६०८ रुपैयाँ चन्दा तथा सहयोग प्राप्त गरेको उल्लेख छ ।

प्रतिवेदनअनुसार २०७२/०७३ मा ३ करोड २७ लाख ८८ हजार ७६०, २०७३/०७४ मा १ करोड ९० लाख २१ हजार ७१९ रुपैयाँ आम्दानी भएको छ । 

२०७४/०७५ मा २ करोड ९३ लाख ३४ हजार १०४, ०७५/०७६ मा १ करोड ४६ लाख ४० हजार ७०६, ०७६/०७७ मा ६२ लाख २१ हजार ६६१ रकम सङ्कलन भएको छ । २०७७/०७८ मा १ करोड, ३ लाख ४१ हजार ६५८ चन्दा तथा सहयोगबाट आम्दानी गरेको छ । 

सभापति देउवाको पालमा चन्दासहित दस्तुर तथा नवीकरण, कुपन तथा पब्लिकेसन विक्री र अन्य स्रोतबाट कुल ३१ करोड ९९ लाख ३१ हजार ८५४ रुपैयाँ आम्दानी गरेको छ । 

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ३२ बजे