कांग्रेसको बन्दसत्रमा होहल्ला, पौडेल पक्षको छैन उपस्थिति

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र जारी रहेको छ । 

शुक्रबार दिउँसो सुरु भएको कांग्रेस महाधिवेशनको बन्दसत्र अहिले भृकुटीमण्डपमा जारी रहेको हो । बन्दसत्र सुरु भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी छैन । उक्त पक्ष साझा उम्मेदवार चयनका लागि भन्दै छलफलमा रहेको छ । 

बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन पेस गरेकी छिन् । उनले प्रतिवेदन पेस गर्दै गरेको बेला आवाज नसुनिकएको भन्दै महाधिवेशन प्रतिनिधिले बिरोध जनाएका थिए । उनी बोल्दै गर्दा हलमा होहल्लासमेत भएको थियो । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : १४ बजे