नेता गाउँघरमा जाँदा कुन ‘चोर’ आयो भन्न थालिसके : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक दलहरूले विश्वास गुमाउँदै गएको बताउनुभएको छ ।  शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गरदै नेता लिङ्देनले गाउँगाउँमा नेता जाँदा कुनचाँही चोर आयो भन्न भालेको बताउनुभयो । 

कार्यक्रममा उहाँले आफूसहित सम्पूर्ण राजनीतिक दललाई सच्चिन पनि जोड दिनुभयो । सो क्रममा उहाँले भन्नुभयो, ‘सरकार सरकार जस्तो छैन संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन् । सबैलाई ठीक लगाउने राजनीतिले हो तर राजनीतिलाई ठिक लगाउने नेताले हो तर नेताप्रति सर्वसाधारणको विश्वास छैन । नेता आउँदा चोर आयो भन्छन् ।’ उहाँले दलको महाधिवेशन वैधानिकता प्रदान गर्ने मात्रै नभइ नेतृत्व चयन र बिग्रिएको छबी सुधार गर्ने अवसर पनि भएको बताउनभयो  ।  

मुलुकको जेठो राजनीतिक दल पूर्ण महाधिवेशनको सफलताको कामना गर्दै उहाँले  २०४७ सा पछि कुनै सरकारले पूरा कार्यकाल पुरा गर्न नसक्नु र कुनै पनि दल सिंगो नरहनुको कारण खोज्नु पर्ने पनि बताउनुभयो  । 

उहाँले देशको राजनीति लिकबाट बाहिर गएको भन्दै देशका तीनवटै संवैधानिक अंग लिक बाहिर गएको  र नेताहरुले जनताको विश्वास गुमाएको बताउनभुयो । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : ११ बजे