शब्द यताउता पारेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कपी गर्दैछन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश र जनताको उन्नतिका लागि ल्याएको  राष्ट्रिय नारा र गन्तव्यलाई अन्य दलले शब्द यताउति गरेर कपी गर्ने गरेको बताउनुभएको छ  ।

एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  अध्यक्ष ओलीले एमालेले लिएको सम्बृद्ध नेपाल,सुखी नेपालीको नारा मुलुकको राष्ट्रिय गन्तव्य रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘ हामीले समृद्ध नेपाल,सुखी नेपाली भन्यौं । अलि अलि शब्द यताउता पारेर सम्मानित नेपाली पो हुनुपर्छ भनेर केही अर्काथरीले पनि कपी गरेछन् ।’

हिजो एमालेले आफ्नो गाउँ आफैं बनाउँ भन्ने लहर चलायौं । त्यसपछि अनेक कालमा नाम परितर्वन गर्दै कपी गर्न खोजियो । गाउँ गाउँमा सहकारी घर घरमा भकारी यस्तै यस्तै । तर एमालेले लिने नारा भनेको राष्ट्रिय गन्तव्य हो ।
कार्यक्रमा ओलीले  समाज बदल्नेहरुले पहिला आफूलाई बदल्नु पर्ने बताउनुभयो  अध्यक्ष ओलीले भन्नुभयो ‘एमालेका नेताहरु सबै पक्षमा अब्बल हुनुपर्दछ । तब मात्र नेता होइन्छ । कुनै कमिटीमा छानिएर नेता हुइदैन । ’
अध्यक्ष ओलीले पद पाउनु ठूलो कुरा नभएको भन्दै  त्यसको मर्यादा जोगाउनु ठूलो कुरा भएको बताउनुभयो । 
 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  २ : ३३ बजे