सुनको मूल्यमा नयाँ कीर्तिमान

निकारागुवाले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

मनागुवा – निकारागुवाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । निकारागुवा ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो । आफूसँग कूटनीतिक सम्बन्ध तोडेकोमा ताइवान निकारागुवासँग दुःखी बनेको जनाएको छ । निकारागुवाले वर्षौंदेखिको मित्रतामा अपमान गरेको ताइवानले जनाएको छ । 

निकारागुवाको कदमलाई चीनलाई स्वागत गरेको छ । आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ ।
 
अमेरिकी विदेश मन्त्रालयले आइतबार ताइवानसँगको सम्बन्ध विस्तार गर्न अन्य देशहरुलाई आह्वान गरिरहेका बेला निकारागुवाको पछिल्लो घोषणा आएको हो । 

ताइवानलाई बेइजिङले आफूबाट टुक्रिएर रहेको एउटा प्रान्तको रुपमा हेर्ने गरेको छ । तर, ताइवानले भने आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक देशको रुपमा व्यवहार गर्दै आएको छ । 

सन् २०१६ मा राष्ट्रपति साइ इङ वेन राष्ट्रपति बनेपछि छिमेकी देशहरुले एकपछि अर्को गरी कूटनीतिक सम्बन्ध तोड्दै आएका छन् । 

एजेन्सी

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ४३ बजे