सुनको मूल्यमा नयाँ कीर्तिमान

म्यानमारका महिला बन्दीमाथि यौन दुर्व्यवहार

एजेन्सी । म्यानमारमा महिला बन्दीलाई यातना र यौन दुर्व्यवहार हुने गरेको विवरण सार्वजनिक भएको छ । 

गत जनवरीमा सेनाको ‘कु’पछि प्रदर्शनमा उत्रिएको आरोपमा पक्राउ परेका दर्जनौं महिलाहरुलाई सेनाले यौन दुर्व्यवहार गरेको विवरण सार्वजनिक भएको हो । सेनाको कुपछि भएका सरकारविरोधी प्रदर्शनहरुमा म्यानमारका महिलाहरु मुख्य भूमिकामा थिए । सेनाको कुपछि कारागारमा रहेका महिलाहरुलाई बलात्कार गरेको मानवअधिकारवादी समूह एसिस्टेन्स एसोसियसन फर पोलटिकल प्रिजनर्स (एएपीपी)ले जनाएको छ ।

सेनाको कुपछि २ हजार महिलासहित १० हजार २ सय महिला पक्राउ परेका छन् । आफूमाथि कारागारभित्र सेनाले जवरजस्ती यौन दुर्व्यवहार गरेको सोइ मे नाम गरेकी एक बन्दीले आरोप लगाउनुभएको हो । ‘मलाई सेनाले आँखामा पट्टी बाँधेर निवस्त्र पारेर बलत्कार गरे,’ उहाँको भनाई उदृत गर्दै एएपीपीले लेखेको छ । सुरक्षाकर्मीले जेलभित्र आउने सबैको बलत्कारपछि हत्या गरेको भन्दै उहाँलाई पनि त्यसका लागि तयार हुने चेतावनी दिएको बताइएको छ । 

बन्दी महिलालाई गुप्तांगलगायत संवेदनशिल स्थानमा समाएर सुरक्षाकर्मीले सोधपुछ स्थलमा लगेको म्यामारकी एक महिला वकिलले बताउनुभएको छ । सुरक्षाकर्मीले बन्दी महिलासँग यौन प्रस्ताव गरेको र प्रस्ताव स्वीकार गर्नेलाई रिहा गर्ने आस्वासन दिएको उहाँले बताउनुभएको छ । 

सोइ पिइ थारस्थित सोधपुछ केन्द्रमा साक्षी रहनुभएकी एक अधिकारवादी महिलाका अनुसार कथित छानविनका लागि तोकिएको कोठाबाट बाहिर निस्किएका महिलाहरुका कपडा च्यातिएका र भित्रीवस्त्र देखिएको बताउनुभएको छ । सेनाले बलात्कारपछि  महिलाले लुगा लगाउँदै बाहिर निस्किएको उहाँको दाबी छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : ३४ बजे