सुनको मूल्यमा नयाँ कीर्तिमान

सन् २०२१ मा चीनको समग्र कर स्तर ७.४ प्रतिशत कायम

बेइजिङ – चीनको समग्र भन्सार शुल्क स्तर सन् २०२१ मा ७.४ प्रतिशत रहने देखिएको छ । तथ्याङ्कअनुसार चीनले आफ्नो व्यापार क्षेत्रलाई सहज बनाउन राहत वितरण लगायतका विभिन्न उपाय अपनाएका यहाँको वाणिज्य मन्त्रालयले बिहीबार उल्लेख गरेको छ । 

चीन विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा प्रवेश गरेको २०औं वर्ष पुगेको छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले भन्नुभयो, “विगत दुई दशकको दौडानमा चीन सधैं बहुपक्षीय व्यापार प्रणालीमा एक दृढ समर्थक, सक्रिय सहभागी र महत्वपूर्ण योगदानकर्ता भएको छ ।

सन् २०१० मा वस्तुको आयात शुल्क १५.३ प्रतिशतबाट ९.८ प्रतिशतमा घटाउन डब्ल्यूटीओमा सामेल हुँदा चीनले गरेको प्रतिज्ञा पूरा भएको गाओले बताउनुभयो । चीनले सन् २००७ सम्ममा सेवा क्षेत्रका नौ प्रमुख श्रेणीमा १०० उप–क्षेत्रहरू खोल्ने आफ्नो प्रतिबद्धता पनि पूरा गरेको थियो । अहिले मुलुकमा झण्डै १२० वटा उप–क्षेत्र खुलेको प्रवक्ता गाओले बताउनुभयो । चीनले २६ देश र क्षेत्रसँग १९ वटा स्वतन्त्र व्यापार सम्झौतामा पनि हस्ताक्षर गरेको छ । 

कार्गोको आयातनिर्यात र भन्सार सहयोगजस्ता प्रक्रियाका लागि नियमावली निर्दिष्ट गरेको उहाँले बताउनुभयो । यी सम्झौताले भन्सार प्रक्रियालाई सुव्यवस्थित गर्न, भन्सारको दक्षता बढाउन र सीमापार कार्गो प्रवाहमा सुधार गर्न सकारात्मक भूमिका निर्वाह गरेको देखिन्छ । 

चीनले आफ्नो मुख्य उद्देश्यमा डब्ल्यूटीओसँग बहुपक्षीय व्यापार प्रणालीलाई अवलम्बन गरिरहनेछ र डब्ल्यूटीओको सुधारमा सक्रियतापूर्वक भाग लिन गाउले बताउनुभयो । विकासशील देशहरूको वैध अधिकार र हितको संरक्षण गर्नेछ र बहुपक्षीय व्यापार प्रणालीको समावेशी विकासलाई बढावा दिनेतर्फ पनि चीन सचेत रहेको उहाँको भनाइ छ ।  

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : २१ बजे