दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अवैध लागूऔषध सहित २ जना पक्राउ

पर्सा – पर्सागढी नगरपालिका-९ तेलीयाबाट २ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ४५ वर्षीय धर्मदेव प्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका-१ बस्ने ७० वर्षीय शंकर चौधरी रहेका छन् ।

ग.४ प ३६४२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : २५ बजे