थप २११ जनामा संक्रमण पुष्टि, २ जनाको  मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ हजार ४५१ जनामा परिक्षण गर्दा २११ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ३२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको  मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५४९   पुगेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : ०१ बजे