दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राजु श्रेष्ठ हत्या प्रकरणको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न युवासंघको माग

​​​​​​​घटनालाई ३ सय ६० डिग्री घुमाउरो तवरले अनुसन्धान गर्न​​​​​​​ युवा संघका अध्यक्ष  किरण पौडेलकाे माग

भक्तपुर । युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले भक्तपुर जिल्लाका युवा संघ सदस्य राजु श्रेष्ठको हत्या प्रकरणको सत्य तथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्नु भएको छ । राजु श्रेष्ठ (आर पी ) को हत्या काण्डको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कडा कारबाहीको माग गर्न आज आयोजित दबाब मूलक कार्यक्रममा पौडेलले प्रहरीले औपचारिक रूपमा प्रहरीले घटना थामथुम पार्न खोजेको आंशका गर्नुहुँदै त्यसो नगर्न चेतावनी दिनुभयो । उहाँले घटनामा २ जना भन्दा बढीको सम्लग्नता रहेको भन्दै घटनालाई ३ सय ६० डिग्री घुमाउरो तवरले अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

युवा संघका जिल्ला कमिटी सदस्य  श्रेष्ठको  मंसिर २१ गते राती सुर्यविनायक नगरपालिका बालकोट स्थित हनुमन्ते पुल नजिकै विभत्स हत्या गरि फ्यालिएको अवस्थामा शब भेटिएको थियो ।  

यसैबीच युवां संघ भक्तपुर जिल्ला कमिटिले अपराधिक ढंगबाट आफ्नो कार्यकता हत्या भएको भन्दै घटनाको  घोर निन्दा र भत्सर्ना गरेको छ।

भक्तपुर युवा संघका जिल्ला अध्यक्ष पुष्पराज बस्नेतद्वारा हस्ताक्षरित एक विज्ञप्तीमा युवा संघले  हत्या जे र जुनसुकै बहानामा गरिएको भएता पनि तत्काल दोषीलाई कडा भन्दा कडा कारबाहीको जोडदार माग गरेको छ ।

 देशमा राजनीतिक संकट गहिरिदै जाँदा समाजमा हत्या र बलात्कार जस्ता घटना बढदै जान थालेको भन्दै युवासंघले  देशमा शान्तिसुरक्षा र नागरिकको जनधनको सुरक्षाप्रति सरकारको उदासीनता नांगिएको  बताएको छ ।  राजधानीको मुटुमै घटाईएको यस घटनाले नेपाल सरकारको शान्ति, सु–व्यवस्था तथा सम्मान र शान्तिपूर्ण तवरले बाँच्न पाउनुपर्ने नागरिकहरुको मौलिक हकप्रतिको निरीहता र उदासिनता उदागिएको युवा संघले जनाएको छ। युवा संघले समाजका एक असल युवा र राष्ट्रिय संघ नेपालका होनहार योद्धा गुमाउनु परेकोभन्दै दुःख व्यक्त गरेको छ । 

 

​​​​​​​

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : ०४ बजे