दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

पूर्वरानी कोमलको स्वास्थ्य सुधार

काठमाडौँ – पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यावस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्षबाट शय्या सारेर उपचार भइरहेको छ । 

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रासमेत घटाउँदै लगिएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वराजा ज्ञानेन्द्र,  पूर्वरानी कोमल र  पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त हुन भएको छ । उहाँहरु तीनै जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको छ । 

उहाँहरु कोरोना सङ्क्रमित भएपछि अस्पताल भर्ना हुनु भएको थियो ।  पूर्वरानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो । यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।
 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : १७ बजे