प्रकाशमानलाई मनाउन सके संस्थापनको साझा उम्मेद्वार रामचन्द्र बनाउन शेखर सहमत

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने शर्तमा डा. शेखर कोइरालाले सभापतिको दाबी छाड्ने भएका छन् ।

पौडेललाई साझा उम्मेदवार बनाएर संस्थापनसँग भिड्न बहुसंख्यक केन्द्रीय सदस्यले गरेको आग्रहपछि शेखर पछि हट्न सहमत भएका हुन् । अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठकले पौडेललाई साझा उम्मेदवार बनाएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यहरूले प्रकाशमान सिंह समेतलाई मनाएर साझा उम्मेदवार बनाउने निर्णय गरेका हो । प्रकाशमान उम्मेदवार बन्ने अवस्थामा भने रामचन्द्रको सट्टा डा. शेखर कोइराला उम्मेदवार बन्ने सम्भावना अझै छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ११ : १४ बजे