साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पाँचथरमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने

पाँचथर । पाँचथरमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजना भएको छ । 

तमु ल्होसारको अवसरमा पाँचथरको फिदिम नगरपालिका–७ रानीटारको रानीटार युनाइटेड क्लबले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

‘प्रथम ल्होसार महिला गोल्डकप फुटबल प्रतियोगिता’ नाम दिइएको उक्त प्रतियोगितामा प्रदेश १ का आठवटा महिला फुटबल टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रतियोगितामा द सेभेन युथ क्लब धनकुटा, धरान युथ क्लब सुनसरी, कनकाई नगरपालिका फुटबल टिम झापा, कर्णसिंह स्मृति क्लब ताप्लेजुङ, पथरीशनिश्चरे वुमेन्स फुटबल क्लब मोरङ, जनता सेभेन क्लब इलाम, आठराई गाउँपालिका फुटबल क्लब तेह्रथुम र आयोजक रानीटार युनाइटेड क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष टङ्क गुरुङले जानकारी दिनुभयो । 

आगामी १२–१३ पुससम्म फिदिम–७ रानीटारस्थित बराजु खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । उक्त प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल लगायत पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गर्ने तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ । खेलकुदमार्फत महिलाको सशक्तिकरण र फुटबलमा महिला र पुरुषको समान सहभागिताका सम्वर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका सचिव रुपेन्द्र तामाङले बताउनुभयो । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ११ : ०२ बजे