इलामका दुर्गाप्रसादलाई भारु पाँच लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं । बिनाकसुर ४० वर्षसम्म भारतीय जेलमा राखिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाख क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई क्षतिपूर्तिबापत पाँच लाख भारतीय रुपैयाँ तत्काल उपलब्ध गराउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो।

अदालतले उक्त रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न पनि भनेको अधिवक्ता हिरक सिन्हाले बताए।

तिम्सिनालाई  जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बंगाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले अदालतको फैसला सकारात्मक भएको बताउनुभयो।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १० : १५ बजे