सुनको मूल्यमा नयाँ कीर्तिमान

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ

एजेन्सी । अस्ट्रेलियाका उपप्रधानमन्त्री बार्नेवी जोइसलाई कोभिड पोजेटिभ भएको छ । 

अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताउनुभएको छ। 

जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको समेत बताउनुभएको छ ।  

अमेरिका भ्रमण गर्नुअघि जोाइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गर्नुभएको थियो । 

जोइसलाई कसरी कोभिड संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन् । उहाँसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमन्डलका अन्य कुनै सदस्यलाई भने संक्रमण नभएको जनाइएको छ । 

बेलायत छोड्नुअघि आफूमा कोभिडको नेगेटेभि रिपोर्ट देखिएको, तर अमेरिका पुगेपछि कम्जोर र पीडा महशुस गरेको उहाँले बताउनुभएको छ। 

आफू कम्तिमा १० दिन आइसोलेसनमा बस्ने र अमेरिकी अधिकारीहरुसँगको भेट स्थगित गरिएको उहाँले जनाउनुभएको छ । 

लन्डनमा हुँदा आफू पनि क्रिसमसको एउटा सपिङको भिडमा रहेको उहाँले बताउनुभएको छ । जोइस भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका उच्च ओहदाका राजनीतिज्ञ हुनुहन्छ । गत वर्ष अमेरिका भ्रमणकै क्रममा रक्षामन्त्री पिटर डुटनलाइ पनि कोभिड संक्रमण देखिएको थियो । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : ०४ बजे