‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

महन्त ठाकुर पक्षमा खुले  १९ सांसद, संख्या अझै बढ्ने 

काठमाडौं । नयाँ सरकार बनाउने प्रकृया सुरु भएसँगै जनता समाजवादी पार्टीमा तिब्र धुविकरण सुरु भएको छ ।

समाजवादीका प्रथम अध्यक्ष ठाकुरका पक्षमा विस्तारै सांसदहरु थपिन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको पक्षमा मतदान गर्नेक्रममा तथस्ठ रहेका १५ सांसदले त ठाकुरलाई साथ दिएकै छन् त्यसयता पनि थप ४ सांसदहरु ठाकुरकै पक्षमा खुलेर लागेका छन् ।  

जसपामा कुल ३४ जना सांसद छन् । दुबै खेमाबाट एक-एकजना सांसद रेशमलाल चौधरी र हरिनारायण रौनियार निलम्बित छन् । आजसम्म ठाकुरका पक्षमा १९ सांसद खुलिसकेका छन् । 

मतदानका क्रममा सुरुमा प्रधानमन्त्री ओलीको पक्षमा भोट हालेर संसोधन गरेका सांसद राजकिशोर यादव त्यस्को भोलीपल्टै ठाकुरको कित्तामा पुगेका छन् ।  

मतदानका दिन जसपाका दुई सांसद लक्ष्मणलाल कर्ण र रुही नाज अनुपस्थित भएका थिए। कर्ण ठाकुर दुबै ठाकुर खेमाका सांसद हुन् । कर्णत अझ सरकारसँग वार्ता गरिरहेको कार्यदलका सदस्य समेत हुन् ।

त्यसैगरी पूर्व सपाकी अर्की समानुपातिक सांसद कलूदेवी विश्वकर्मा पनि आफूहरूकै खेमामा रहेको ठाकुर पक्षको दाबी छ । विश्वकर्माका श्रीमान दानबहादुर विश्वकर्मा हर्टअट्याक  भएर सिकिस्त बनेका बेला उपेन्द्रजीले कहिल्यै उहाँको ख्याल नगरेपछि रुष्ट छिन् । अहिले सरकार बनाउने बेलामा भने  उप्रेन्द्रले घरमै गाडी पठाएर फकाइरहेपनि उनले अब उपेन्द्लाई नटर्ने ठाकुर पक्षको दाबी छ ।  

विपक्षमा मतदान गरेका चन्द्रकान्त चौधरी गल्ती स्वीकार गरेर आफ्नो खेमामा आइसकेको, अनुपस्थित भएकी रुहीनाज आफ्नै खेमामा रहेको, कलुदेवी विश्वकर्मा पनि आफ्नो खेमामा आउने भन्दै ठाकुर पक्षले कुल १९ जना सांसद आफूहरूको पक्षमा रहेको दाबी गरेको छ । ठाकुर पक्षले संख्या अझै बढ्ने आंकलन गरेको छ ।  

जसपाका अधिकाम्श नेताहरु केप ीओलीको नेतृत्वको सरकारले  मधेश आन्दोलनमा लागेका २१८ जना आन्दोलनकारीको मुद्दा फिर्ता गर्नुलाई सकारात्मक मान्छन् । ओलीले मधेश आन्दोलनका अन्य माग मुद्दा पनि सम्बोधन गर्छु भनिरहेकाले अहिले ओलीलाई धोका दिन नहुने पक्षमा जसपाका बह्मत बढिरहेको छ । 

अहिले ओलीलाई उपेन्द्र यादवले प्रतिगमनकारी भने पनि आफू त्यही ओली सरकारमा सामेल भएके कुरा नबिर्सिन जसपाका सांसदको  सुझाव छ । 

दुई बुँदेसहमति गरेर त्यही ओली सरकारमा सहभागी  भएका बेला उपेन्द्रले मधेश आन्दोलनको एउटा माग पनि सम्बोधन  नगरेको र अहिले भएका उपलब्धिलाई पनि नामेट पार्न यादव सकृय भएको उनीहरुको आरोप छ । 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : १० बजे