एमालेको सचिवालय बैठक सुरु

देउवालाई नै कांग्रेस सभापति बनाउने संस्थापन पक्षको निर्णय

काठमाडौँ– नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेताहरुको बैठक सकिएको छ ।

१४औँ महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा देउवालाई नै अघि बढाउने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले बताउनुभयो । साझा सभापति चयन गर्न बुधवार देउवा निवास बुढालिनकण्ठमा बसेको देउवा पक्षको समूहले उक्त निष्कर्ष निकालेको हो । देउवामा भिन्नमत भएका व्यक्तिहरुलाई पनि जोड्न सक्ने क्षमता भएकाले उहाँलाई नै सभापति बनाउने सबै सदस्यहरुको भनाइ रहेको उहाँले बताउनुभयो ।

देउवाकै नेतृत्वमा पार्टी जानुपर्छ र उहाँकै नेतृत्वमा आम निवार्चनमा पार्टीलाई सफलता मिल्छ भन्ने धारण सबैले राखेको डा.महतको भनाइ थियो ।

पदाधिकारीको सदस्यहरुको नाम संकलन गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : ४३ बजे