श्रीलङ्काको क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु

कोलम्बो । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ ।  रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । 
हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा कार्यरत उनीहरु दुवै जना पुरुष हुन । उनीहरुलाई एउटै हात्तिले आक्रमण गरेको थियो । घटना भएको ठाउँ पहिलेदेखि नै हात्तिको आतंक हुने गरेको ठाउँ हो । 

जंगली तथा ग्रामिण क्षेत्रमा पर्ने घटनास्थलमा यसअघि पनि हात्ति र मानिसकाबीचमा द्वन्द्व हुने गरेको स्थानीयहरुले बताएका छन् ।रंगशालाका कर्मचारीहरु यही महिनाको अन्त्यतिर हुने लङ्का प्रिमियर लिगको सेमि फाइनल र फाइनल खेलका लागि तयारीको कार्य गर्न जुटेका थिए ।  

 

 

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : ४१ बजे