धनगढी । डेल्धुरामा महिला जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका नगर अध्यक्षलाई पक्राउ गरेको छ ।
जिल्लाको परशुराम नगरपालिकाकी महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा माओावादीका नगर अध्यक्ष शेरसिंह माल ‘डायमन्ड’ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
उनले जिल्लाको परशुराम नगरपालिकाकी वडा सदस्यलाई दुर्व्यवहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) देवेन्द्र पालले पीडित महिलाले दिएको जाहेरीका आधारमा नगर अध्यक्ष माललाई मंगलबार पक्राउ गरिएको जानकारी दिनुभयो ।
मालमाथि केही दिन अघि रंगुन खोला नजिकै एक जनप्रतिनीधि महिलामाथि हातपात तथा गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप छ ।
पक्राउ परेका माललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार ५ : ५३ बजे
प्रतिक्रिया