एमालेको सचिवालय बैठक सुरु

वकिलहरुलाई ओलीले भन्नुभयो , ‘म प्रधानमन्त्री हुँदा वादी/प्रतिवादी भएर ५६ हजार सिग्नेचर गरे’

 काठमाडौं  ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गर्नु भएको छ ।

आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकालमा  ५६ हजार हस्ताक्षर गरेको उहाँले सुनाउनु भयो  ।  

'म प्रधानमन्त्री हुँदा ५६ हजार सिग्नेचर गरे । एउटा प्रधानमन्त्रीले अदालतमा वादी प्रतिवादी मुद्दामा ५६ हजार सिग्नेचर गर्नुपर्‍यो । यो समयको बर्बादी होइन ? कसैलाई लाग्छ मुद्दा हालिदिने ?' उहाँले कानुन व्यवसायीलाई प्रश्न गर्नुभयो  ।

सुर्खेतमा खरदारले बदमासी गर्दा नेपाल सरकारविरुद्ध मुद्दा पर्ने यसमा पनि प्रधानमन्त्रीले सिग्नेचर गर्नुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष ओलीले यो प्रक्रियागत कुरा पनि सच्याउनुपर्ने बताउँनु भयो ।  

'न मैले कुनै लेनदेन गरेको छु न कसैलाई बनाएको छु । मैले पनि सक्थे होला नि । कानुनले बनाउन पाउने मात्रै बनाएको कुरालाई पनि लगेर अदालतले रोकिदिने ?' उहाँले  आक्रोश पोख्नुभायो ।

उहाँले  न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक नबन्ने स्पष्ट पार्नुभायो ।  

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : ३६ बजे