साफ यू–१७ च्याम्पियनसिप आजदेखि

उपत्यकामा जेठ १३ गतेसम्‍म निषेधाज्ञा थप्‍ने निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्बिने भएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्‍ने निर्णय गरेको हो ।

काठमाडौँ जिल्‍ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीका अनुसार आजको बैठकले जेठ १३ गतेसम्‍म निषेधाज्ञा थप्‍ने निर्णय गरेको हो । उहाँका अनुसार पहिला बिहान ९ बजेसम्‍म मात्रै पसल खुलाउन पाउनेमा अब बिहान १० बजेसम्‍म पसल खुलाउने पाइनेछ ।

उपत्‍यकाभित्र अत्यावश्यकबाहेकका सम्‍पूर्ण कार्यालय बन्‍द गर्ने र नीजि निर्माणका सामाग्री लिन प्रयोग गर्ने सवारी साधन पनि चलाउन नपाइने निर्णय भएको पराजुलीले बताउनुभयो ।

यसअघि काठमाडौँ उपत्यकामा बैशाख १६ गतेदेखि २२ गतेसम्‍म निषेधाज्ञा लागू भएको थियो । २२ गतेदेखि बैशाख २९ गतेसम्‍म दोस्रो पटक म्याद थप गरिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  २ : ०३ बजे