दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

जेठ २ गतेबाट भेरोसेलको दोसे डोज दिइने 

काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्न अनुरोध गरेको हो । 
यसअघि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भिडभाड भएको भन्दै खोप अभियान स्थगित गरेको थियो ।

काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भीडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

खोप अभियान सञ्चालनका क्रममा सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने भएकोछ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ५७ बजे