दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ

झापा – झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाईकल चोरी गरेको अभियोगमा चोरी गरेका २ थान मोटरसाइकल सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ईलाम सूर्योदय नगरपालिका-९ बस्ने २१ वर्षीय आशिष सुब्बा, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय बिवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी रहेका छन् । झापा जिल्लाबाट हराएका तथा चोरी भएका मोटरसाईकलहरुको खोजी गर्ने क्रमाम ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरेको मे.६ प २५०५ र मे.११ प ९७३५ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी आवश्यक कानुनी कारवाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १ : ०० बजे