काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ। सम्मेलन मंसिर २३ गतेसम्म हायत होटलमा चल्नेछ।
भूकम्पपछिको पुनर्निर्माण तथा पुर्नस्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उदेश्यले यो सम्मेलनको आयोजना सुरु गरिएको प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलन आजबाट सुरु भएपनि यसको औपचारिक उद्घाटन बुधबार (भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। सम्मेलनका लागि अमेरिका,भारत र न्युजिल्यान्डबाट विज्ञ आइसक्नुभएको छ । कोभिडका कारण अन्य देशका विज्ञहरु भने जुमबाट सहभागी हुनुहुने घिमिरेले जानकारी दिनभुयो ।
प्राधिकरणका अनुसार २०७२ साल पुस १० गते क्षति भएका संरचना पुनर्निर्माणका लागि प्राधिकरणको स्थापना भएको थियो। यस अवधिमा पुनर्निर्माण र पुनर्स्थापनाका महत्वपूर्ण कामहरु सम्पन्न गरी सरकारको निर्णयअनुसार म्याद सकिएकाले बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिसकेको प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले जानकारी दिनुभयो।
प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार १२ : ३३ बजे
प्रतिक्रिया