हेलिकोप्टर दुर्घटनामा दुई जना पाइलटको मृत्यु

इस्लामाबाद – पाकिस्तानको बाल्टिस्तानमा एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ ।  बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो । दुर्घटनामा मेजर जिशान जहानजेब र  इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआरले जनाएको छ । 

दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकोप्टरलाइ लडाकुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ । 

एजेन्सी

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : १७ बजे