काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिका समस्या हुन वा होइनन् ? प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा आफू समस्या नभएको, बरु समाधानका रुपमा आएको दाबी गरे । तर प्रचण्ड खुल्ला राजनीतिमा आएयता उनका कदमहरुलाई हेर्ने हो भने उनी नेपाली राजनीतिका समस्या भएको प्रमाणित हुन्छ । प्रचण्डले आफ्नो पार्टी माओवादीबाट मोहन बैद्यलाई लेखटेका हुन् ।
जनयुद्धको अन्त्यतिर भारतीय खुफिया एजेन्सी ‘रअ’सँग मिलेर मोहन बैद्य र चन्द्रप्रकाश गजुरेललाई चेन्नाइबाट गिरफ्तार गराएका हुन् । त्यसपछि बिप्लव, बाबुराम भट्टराईहरुलाई उनले पार्टीमा बस्न दिएनन् किनकी उनी आफूलाई जनयुद्धकालिन प्राधिकार झै ठान्थे । त्यसपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टहरुले पनि प्रचण्डसँग बस्न चाहेनन् ।
अर्थात् प्रचण्ड समाधान होइन, समस्या बने । प्रचण्डले नेकपा गठनमा माओवादीका तर्फबाट नेतृत्व लिएका हुन् तर नेकपाभित्र पनि उनी समस्यामात्रै बने । नेकपाको ठूलो घटक एमालेभित्र कहिले केपी शर्मा ओलीको पक्षमा र कहिले माधव नेपालको पक्षमा आफूलाई प्रस्तुत गरिरहे । कुनै बेला ओलीलाई माधव नेपालबिरुद्ध पोल लगाए, र कुनै बेला माधव नेपाललाई ओलीबिरुद्ध पोल लगाए ।
एकबर्ष यतादेखि माधव नेपाललाई भरपुर प्रयोग गरी एमालेको मूल नेतृत्वबिरुद्ध प्रहार गरिरहे । अन्तत प्रचण्ड र माधवकै कारण नेकपा पार्टीका रुपमा रहन सकेन । यो बेग्लै हो अदालतले एमाले र माओवादी केन्द्र ब्युँतायो ।
अव प्रचण्डको नजर जनता समाजवादी पार्टीमा परेको छ । प्रचण्डको अहिलेको उदेश्य जसपाभित्र खेल्ने र उक्त पाटीलाई बिभाजन गर्नेतर्फ देखिन्छ । त्यसका मतियारका रुपमा जसपाकै नेता बाबुराम भट्टराई देखिएका छन् भने प्रचण्डका रबरस्टाम्प सभामुख अग्निप्रसाद सापकोटाले त्यसको आरम्भ सोमबारको प्रतिनिधिसभाको बैठकबाटै गरेका छ्न् ।
जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर हुन् र पार्टीको निर्णय अनुसार ठाकुरले अध्यक्षका रुपमा बोलेपछि अर्को बक्ता आवश्यक थिएन । तर सभामुखले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि बोल्ने समय दिए । त्यसको अर्थ जसपाभित्रका दुई समुहलाई सभामुखले मान्यता दिएको हो । यो सबै योजना प्रचण्ड र बाबुरामको निर्देशनमा भएको देखिन्छ ।
श्रोतका अनुसार, महन्थ ठाकुरलाई बोल्न नदिएर आफूलाई बोल्न दिन माग उपेन्द्र यादवले गरेका थिए, तर सभामुखले त्यसोगर्दा आलोचना हुने भएपछि बिचको बाटो अपनाउँदै दुबै जनालाई बोल्न दिएका थिए । जसको अर्थ जसपा एकिकृत छैन भन्ने लाग्छ । लगत्तै ठाकुरले यसमा आपत्ती पनि जनाएका थिए । तर प्रचण्ड, बाबुराम र सापकोटाको योजनामै यो निर्णय लिइएको हुँदा त्यसमा सभामुखले लाजारीमात्र व्यक्त गरेका थिए ।
महन्थ ठाकुर र राजेन्द्र महतोले सरकार निर्माण प्रक्रियामा आफूहरुको सहभागिता नहुने बताएपछि निराश बनेका प्रचण्ड जसपा बिभाजन गराएर र माधव नेपालहरुलाई राजिनामा गराएर भएपनि ओलीलाई बिस्थापित गर्ने मिसनमा लागेका छन् । तर त्यो मिसन पुरा हुने सम्भावना नदेखेपछि बिभिन्न षड्यन्त्रमा लागेका छन् ।
प्रचण्ड र बाबुरामले जसपा बिभाजन गरेको आरोप महन्थ ठाकुर निकट युवा नेता डा. सुरेन्द्र झाले लगाउनुभएको छ । प्रचण्ड जहाँ जान्छन्, त्यहाँ भाँडभैलो गराउँछन् भन्ने यसले पनि पुष्टि गर्छ ।
प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार १२ : ४६ बजे
प्रतिक्रिया