दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अधिवक्ता पोखरेलको खुलासा : आन्दोलनका लागि बारलाई युएनडिपीको १८ करोड सहयोग !

​​​​​​​काठमाडौं – नेपाल बारको आन्दोलनमा विदेशी सहायता आएको अधिवक्ता भूपेन्द्र पोखरेलले आरोप लगाउनु भएको छ ।

अधिवक्ता पोखरेलले आन्दोलनकै बीचमा नेपाल बारलाई युएनडिपीले १८ करोड रूपैयाँ किन दिएको ? भनेर प्रश्न उठाउनु भएको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न उठाउनु भएको हो ।

उहाँले लेख्नुभएको छ -“आन्दोलनकै बिचमा नेपाल वारलाई किन दियौ UNDP ले १८ कराेड रूपैयाँ …? वारको आन्दोलन रोक्न कि चर्काउन ..? जय शम्भु ! मङ्सिर २० ” । विभिन्न एनजिओ तथा आइएनजिओहरुले नेपाल बारको आन्दोलनमा चलखेल गरेको र भित्री रुपमा सहयोग गर्दै आएको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ३९ बजे