दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन 

काठमाडौं – प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा. शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो । 

सोमबारसंसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो । सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि प्रश्न उठाएका थिए । संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ । 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : ५१ बजे