देउवाले बोलाएको बैठक एक्कासी स्थगित, पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउनेबारे छलफल गर्न बोलाएको र्बैठक एक्कासी स्थगित भएको छ । सभापति देउवाले माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समुह लगायतका शीर्ष नेतालाई छलफलका लागि आफनै निवास बुढानिलकण्ठमा बोलाएका थिए । सभापति देउवाले दिउँसो २ बजे छलफलका लागि बोलाएपनि बैठक स्थगित भएको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठनमा पार्टी संलग्न नहुने वक्तव्य दिइसकेको र राष्ट्रपतिलाई लिखित जानकारी गराउने कुरा आएपछि देउवाले आन्तरिक छलफल गर्न लागेको बुझिएको छ । कांग्रेस पदाधिकारी बैठक भने आज ३ बजे बस्ने नेताहरुले बताएका छन् । 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १२ : २१ बजे