दुई वर्षपछि प्रत्येक्ष भेटघाट गर्दै मोदी र पुटिन

एजेन्सी । अमेरिकी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । २१ औं वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो । 

युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाव बढिरहेका बेला पुटिनले नयाँ दिल्लीको भ्रमण गर्न लाग्नुभएको हो । ‘रसिया इन दी एसिया प्यासिफिक’ कार्यक्रमका अध्यक्ष अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगको सम्बन्ध विस्तार गरेर रसियाले एसियामा आफ्नो पहुँच बढाउन चाहन्छ । “भारत दशकौं पुरानो साझेदार देश हो । दुई देशका नेताबीच हुन लागेको शिखर भेटले राष्टपति पुटिन भारतसँगको सम्बन्धलाई थप महत्व दिन चाहन्छन्”ु उहाँले भन्नुभयो । पुटिनले चीन नीतिभन्दा एसिया नीतिलाई जोड दिएको उहाँको भनाई छ । 

सन् २००० मा पहिलो पटक भारतको भ्रमण गरेपछि पुटिनले वार्षिक रसिया भारत सम्मेलन सुरु गर्नुभएको थियो । पहिलो भेटमा उहाँले तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेहीसँग भेट गर्नुभएको थियो । 

सन् २०१९ को नोभेम्बरपछि पहिलो पटक पुटिन र मोदीबीच ‘फेस टु फेस’ भेट हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा,लगानीलगायतका क्षेत्रमा सम्झौता हुनेछ । 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ५४ बजे