‘एउटै नाउरको सिकार गर्न २३ लाख’

भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन

एजेन्सी । भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट (ओमिक्रोन संक्रमण) देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा सो संक्रमण देखिएको हो । 

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको जनाइएको छ ।  यसअघि कर्नाटकमा दुई जना र गुज्रात तथा दिल्लीमा एक÷एक जनामा ओमिक्रोन देखिएको थियो ।  

अहिलेसम्म अमेरिका, अस्ट्रेलिया, बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ । 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : २६ बजे