मृत अवस्थामा फेला

मकवानपुर, हेटौंडा उपमहानगरपालिका ९ खाद्यसंस्थान टोल बस्ने ३० वर्षीय लक्की शर्मा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगगरी मकवानपुर, थाहा नगरपालिका ३ डाँडागाउँ बस्ने ५५ वर्षीया राधिकापरियार आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

काभ्रे, बेथानचोक गाउँपालिका ३ बस्ने ५१ वर्षीय चन्द्र कुमार तामाङ सोही ठाउँस्थित गोरखनाथ सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उक्त वनमा पत्कर्सेउला सोर्न गएकोमा बेलुकासम्म घर नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

बाग्लुङ, ढोरपाटन नगरपालिका २ टारीखेतस्थित बाँसको झ्याङमा हाल नाम, थर र वतन नखुलेकी करिब ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : ५५ बजे