‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बाँकेमा थप १२ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत सिस्ने गाउँपालिका ३ रुकुम पूर्वका ५३ वर्षीय पुरुष, बारबर्दिया ६ बर्दियाकी ६३ वर्षीया महिला, खजुरा गाउँपालिका ३ बाँकेका ५२ वर्षीय पुरुष, जानकी गाउँपालिका ४ बाँकेकी ४५ वर्षीया महिला, बढैयाताल ३ बर्दियाकी ७८ वर्षीया महिला, बाँसगढी नगरपालिका ९ बर्दियाका ७३ वर्षीय पुरुष, नेपालगन्ज १० बाँकेका ६८ वर्षीय पुरुष, गुलरिया ६ बर्दियाका २१ वर्षीय पुरुष र बढैयाताल १ बर्दियाका ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँसगढी ५ बर्दियाका ६० वर्षीय पुरुष र कोहलपुर ८ बाँकेका ६२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड९१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो । खजुरा २ बाँकेका ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।
यो सँगै कोरोनाबाट बाँकेका १९७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १४८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : ३२ बजे