छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु 

काठमाडौं । सुनसरी, लमजुङ, तनहुँ, दाङ र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 

सुनसरी, कोशी गाउँपालिका ८ भाण्टाबारीस्थित सडकमा को १ ख ४९८८ नम्बरको बसले को १ ख ६३७५ नम्बरको ट्रकलाई शनिबार दिउँसो ठक्कर दिँदा बसका सहचालक सिरहा धनगढी नगरपालिका ८ बस्ने २५ वर्षीय जिवस यादवको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार १७ जनाको विभिन्न अस्पतलामा उचार भइरहेको छ भन्ने अन्य ४ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।

लमजुङ, बेशिसहर नगरपालिका९२ भकुण्डेस्थित सडकमा ना ३५ प १८०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ८ बस्ने भारत घर भएका ४५ वर्षीय सिउ नारायण पट्टेलको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बेशिसहरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, व्यास नगरपालिका९११ जुगेपानीस्थित सडकमा ग १ त ६२८८ नम्बरको
ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २० वर्षीय अमृत नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका १२ स्थित सडकमा रा १ ह २९११ नम्बरको अटो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय गंगाराम 
केसीको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल
तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी दाङ, लमही नगरपालिका ६ बनघुर्सीस्थित सडकमा रा १ ख १७७७ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम चरण चौधरीको शनिबार
बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको 
क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका २ बांणीस्थित सडकमा डीएल १ जेडसी ४७५४
नम्बरको भारतीय कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय तारा नाथको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । कार नियन्त्रणमा लिएर हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : २६ बजे