‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नयाँ सरकार बनाउने बिषयमा छलफल गर्न देउवाले बैठक बोलाए

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउनेबारे छलफल गर्न बैठक राखेका छन्। सभापति देउवाले माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समुह लगायतका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको काँग्रेस नेताले बताएका छन् । सभापति देउवाले दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् । 

​राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवा निवास बूढानीलकण्ठमा काँग्रेसले तयारी थालेको हो । आफनै पार्टीको सरकारलाई विश्वासको मत दिन अनुपस्थित माधव पक्षका नेतापनि बैठकमा बोलाउनुलाई निकै चासोका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : २९ बजे