बंगालको खाडीको चक्रवातको प्रभाव : अझै तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भई निम्नचापीय प्रणालीको रुपमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो प्रणालीका कारण नेपालको पूर्वी भू–भागमा यस प्रणालीको  आंशिक प्रभाव रहेको छ ।

सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदुरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

राति सुदुरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदुरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

सोमबार दिउँसो सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।सुदुरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै सुदुरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

मंगलबार दिउँसो प्रदेश नं १ तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिी प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : २० बजे