दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अनुगमन संयन्त्रलाई एकीकृत गरिँदै

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अनुगमनलाई थप व्यवस्थित गर्न अनुगमन संयन्त्रलाई एकीकृत गर्ने भएको छ ।

अनुगमनमा एकीकृत गरिने विभिन्न क्षेत्र दैनिक प्रयोग हुने खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजार, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, जनजीवनलाई सहज बनाउन हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्तिको स्थानान्तरण रहेका छन् ।
 
त्यसैगरी संरक्षण र उपयोग, निर्माणकार्य, आफैँले बनाएको कानुन कार्यान्वयनको अवस्था, ऐनले दिएका जिम्मेवारी उपयोगको अवस्थालाई एकीृकत गरी अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आउने दिनहरूमा अनुगमनबाट देखिएको अवस्थालाई सफ्टवेयरमार्फत सम्बन्धित अधिकारीकामा जानकारी दिने, तुलना गर्ने, सुधार हेर्ने प्रणाली आवश्यक भएको एकीकृत संयन्त्र आवश्यक भएको हो ।

महानगरपालिकाले विगत साढे चार वर्षको अवधिमा ६५ कानुन तर्जुमा गरेको जानकारी दिँदै प्रवक्ता डङ्गोलले यीमध्ये अनुगमनसम्बन्धी ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७’ जारी भएको बताउनुभयो ।

स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएका उक्त ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्ने व्यवस्था गरेको छ । अब निर्माण हुने एकीकृत प्रणालीबाट विगतमा हुने गरेका असमन्वय हटेर जाने तथा कामको प्रगतिको एकात्मक प्रणालीबाट अभिलेखीकरण हुने विश्वास महानगरपालिकाको छ ।

रासस

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : १९ बजे