‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बेलायतका ४२ जनामा भेटियो ‘ओमिक्रोन संक्रमण’

एजेन्सी । बेलायतमा हालसम्म ४२ जनामा कोभिड १९ को नयाँ भेरियन्ट  ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

पछिल्लो केही दिनयता बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार बढी पाइएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा ५० हजार ५८४ नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९  हजार ६४७ पुगेको छ ।

बेलायतमा हालसम्म ३३.८ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ४७ बजे