सडक यातायात क्रमशः सहजतातर्फ

राप्रपा महाधिवेन : उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन बुधबारबाट सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ ।

शुक्रबार (आज) राप्रपा निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । जसमा अध्यक्ष, उपाध्यक्ष र महामन्त्री गरी १६ जनाको उम्मेदवारी परेको छ । महाधिवेशनमा अध्यक्षसहित ८ जना पदाधिकारीका लागि निर्वाचन हुने भएको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै, उपाध्यक्षमा जगतप्रसाद गौचन, रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, धूवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी झाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसका साथै महामन्त्रीका लागि रेखा थापा, डा.धवल शमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भस्कर भद्रा र कुन्तीकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन्, भने अन्य १ सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाटै आउनेछछन् ।

राप्रपाको १४९ सिटका लागि २६४ जनाको उम्मेदवारी दर्ता भएको छ । नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ४ : ३५ बजे