नयाँबजारको गार्मेन्टमा आगलागी

काठमाडौँ ।  काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्ट उद्योगमा  आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजेपछि भएको आगलागीबाट के कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन ।

आगो नियन्त्रणका लागि अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोली र दमकल पुगेको छ । प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क बिकका अनुसार घटनास्थलमा अहिले आगो निभाउने काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको ३ वटा, नेपाल आर्मीको १ वटा, ललितपुर र भक्तपुको १’१ वटा गरी ६ वटा दमकलले आगो निभाइरहेका छन् । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : ३२ बजे