सडक यातायात क्रमशः सहजतातर्फ

सर्वोच्चमा देखिएको गतिरोध गठबन्धनको प्रतिबिम्ब हो : अध्यक्ष ओली 

काठमाडौं । नेकपा )एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले सर्वोच्च अदालतमा  देखिएको गतिरोधलाई पाँच दलीय गठबन्धनको प्रतिविम्ब  भएको बताउनुभएको छ । 

आज एमाले पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्नुहुँदै ओलीले गठबन्धनको कानुनी विसङ्गतिकै  कारण सर्वोेच्वमा समस्या देखिएको र समाधान निकाल्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वोच्च अदालत नेपाल बार आदीमा जुन लफडाको स्थिीती सृजना गरिएको छ । छ त्यो पाँच दलीय गठबन्धनको कानुनी क्षेत्रको विसंगत अवस्था र क्रियाकलापको प्रतिविम्ब हो । त्यही कारण सरकार न अगाडी जान सक्ने, न पछाडि हट्न सक्ने अवस्थामा छ ।’ ओलीले थप्नुभयो, ‘यो सरकारले  न त यसको वास्तविक सुधारका लागि कुनै नीति नै लिनसक्छ, न कुनै कदम चाल्न नै सक्ने अवस्था छ, न त यो अवस्था उ मन्जुर गर्नै तयार छ ।’  

ओलीले पछिल्लो समयमा न्यायाधीश, वारका वकिल र नेताहरूले नै अदालतमा भएको सेटिङको भण्डाफोर गर्ने काम अहिले आफै भइरहेको बताउनुभयो ।  पछिल्लो समय प्रचण्डले दिएको अभिव्यीक्तिलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘बारले लगाएको गुन बिर्सँदैनौ, अदालतको गुन बिर्सँदैनौ , पौचौं तिर्ने बेला आएको छ भन्दै हुनुहुन्छ, यस्ले कानुनी राज के भएको रहेछ भनेर थाहा हुँदैन र ?’ ओलीको प्रश्न थियो । ‘श्रीमान न्यायधीसहरु त्यसै भन्छन्, बार त्यसै भन्छ, दलका नेताहरू त्यसै भन्छन् । परमादेशमा के भएको रहेछ बुझ्न गाह्रो छ र ?’ ओलीको प्रश्न थियो । ओलीले गठबन्धनका दलले अदालतको हुर्मत लिने काम गरिरहेको समेत बताउनुभयो । ‘गलत फैसला गराएर अदालतको हुर्मत लिने काम भएको छ। त्यो उहाँहरु आफैं  भन्नुहुन्छ । समाधानका लागि उहाँहरू गलत प्रेस्कृपिस्न दिइरहनु भएको छ।’ओलीको भनाई थियो । 

उहाँले गठबन्धनको सरकारले सरकार चलाउनसमेत नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हरेक क्षेत्रलाई निकम्मा बनाइएको छ । प्रक्रियागत हिसाबले लोकतन्त्रका आधारहरूलाई भत्काउने र विर्गाने काम भइरहेको छ । सरकार विसङ्गति तर्फ बढेको छ ।’ उहाँले थप्नुभयो, ‘ सरकारका कतिपय घटकको त काम नै बिगार्ने भत्काउने मात्र देखियो ।’ 

 ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप बताउँदै छिट्टै निर्वाचनमा जानुपर्ने बताउनुभयो । 

ओलीले आगामी दिनमा पनि संसद्मा गतिरोध रहिरहने सङ्केत गर्नुभयो ।  ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसद् भित्र राखेर कसरी संसद् चल्न सक्छ ?,’ ओलीले भन्नुभयो, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू फेरि संसद्मा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौँ ।’ 

ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलिरहेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनको सरकारबाट देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने ?’ ओलीले  सरकारको अर्कमन्यता लम्बाउनु नहुनेभन्दै चाँडै आम चुनावमा जानुपर्ने बताउनुभयो । 

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  २ : २६ बजे