‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  सार्वजनिक गरेको छ ।

बोर्डको आज बिहान बसेको  बैठकले  कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रकाशित नतिजा करिब एक घण्टापछि  https://neb.ntc.net.np/ बाट हेर्न सकिनेछ ।

त्यस्तै, एनईबी स्पेस अनि सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर वा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा जानकारी पाउन सकिने बोर्डले जनाएको छ। 

गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार १५ विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : ३७ बजे