दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जाजरकोटमा ट्र्याक्टर दुर्घटना: श्रीमान्को मृत्यु, श्रीमती घाइते

जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा आज बिहान ३ बजे रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटना हुँदा  श्रीमान् मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् । 

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । 

दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ ।

उनकी श्रीमती सपना विक घाइते भएकी छिन् ।  उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र)आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताउनुभयो । रासस

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : १३ बजे