सडक यातायात क्रमशः सहजतातर्फ

राजनीतिक स्थायित्व बिना समाज निर्माणको परिकल्पना गर्न सकिँदैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वबिना समाज निर्माणको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । 

बुढानिलकण्ठ नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले स्थानीय तहले काम गरे÷नगरेको मूल्यांकन गर्ने जिम्मा स्थानीय जनताको भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्वले मात्र राष्ट्रिय स्वाभिमान र राष्ट्रियताको रक्षा गर्न सक्छ ।”

सो अवसरमा नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेलले बुढानिलकण्ड नगरपालिकाको विकासका लागि रणनीतिक योजना बनाइएको जानकारी दिनुभयो । उहाँले सो नगरपालिका बनेको लामो अवधि नभएकाले सहरी विकासको योजना कार्यान्वयन कठिनपूर्ण भएको स्पष्ट पार्नुभयो । त्यस्तै नगरपालिकाले पञ्चवर्षीय योजना बनाएर त्यसलाई कार्यान्वयनको चरणमा ल्याएको बताउनुभयो । 

स्थापना दिवसका अवसरमा नगरपालिकाले आठ जना एक सय वर्ष नाघेका जेष्ठ नागरिकलाई रु आठ हजार सहित अभिनन्दन गरेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : ०० बजे