थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ११ हजार ४०३ जनामा परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५३५    पुगेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : ५५ बजे