साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कप्तान बेन्जेमाको गोलमा रियल विजयी

एजेन्सी । कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । बुधबार राति घरेलु मैदानमा रियलले एथ्लेटिको बिल्वावोविरुद्ध १–० अन्तरको जित निकालेको हो । 

बेन्जेमाले पहिलो हाफको ४०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै रियलको १५ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ । एट्लेटिकोले एक खेल कम खेलेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : २३ बजे