दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो

बीबीसी । दक्षिण अफ्रिकामा कोभिड–१९ सङ्क्रमणमा तीव्र रूपमा वृद्धि भएको छ। सोमबारयता मात्रै देशभरि सङ्क्रमितको सङख्या दोब्बरले बढेको हो।

स्वास्थ्य अधिकारीहरूले कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन्। यद्यपि त्यसकै कारण कति भन्ने स्पष्ट छैन। विगत २४ घन्टामा मात्रै आठ हजार पाँच सय नयाँ सङक्रमितको सङ्ख्या दर्ता भएको छ।

अत्यधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरिअन्ट सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको गत साता घोषणा गरिएको थियो। अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एकजनामा ओमिक्रोनको पहिलो सङ्क्रमण देखिएको छ।

ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ जस्ता थुप्रै विषयबारे अध्ययन भइरहेको छ।

यसैबीच, नाइजेरियामा पनि ओमिक्रोन भेरिअन्ट देखिएको छ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : ४० बजे