‘एउटै नाउरको सिकार गर्न २३ लाख’

परीक्षा छुटेका कक्षा १२ का विद्यार्थीको परीक्षा आजदेखि

काठमाण्डौं । कोभिड १९ का कारण परीक्षा गुमाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदैछ ।

कक्षा १२ को परीक्षा गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भएको थियो । त्यतिबेला कोभिड–१९ को सङ्क्रमण भएकाले परीक्षा दिन पाएका थिएनन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ ।

यस्ता परीक्षार्थी देशभर ४१ जना छन् । उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ । तर उनीहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : ०९ बजे